Sunday, June 22, 2008

वर्तमान

भिमसेन थापाको सतीको सराप परेको देश भनेर भन्ने गर्छन् - यस मुलुकका वासिन्दाहरू । वास्तवमा नै भन्ने हो भने यसलाई होईन भनेर भन्न सकिने देखिदैन ।यस देशका नेताहरूलाई कुन पिचासले घुमाएको छ ? नत्र भने किन ३ दल / ७ दलका नेताहरूको मुख तिन तिर / सात तिर फर्किएको ?
सवै जना देशको उन्नती गर्ने , जनता जनार्दनकै सेवा गर्ने भनेर झ्याली पिट्छन् , ठुल्ठुला भाषण गर्छन् , व्यवहारमा सवै नरादर ।अहिले देशमा सवै तह र तप्काका व्यवसायीहरू धमिलो पानीमा माछा मार्ने काम गरिरहेका छन् ।फलाम तातेको मौकामा पिट्नु पर्छ भन्ने मान्यताले राम्रै काम गरिरहेको देखिन्छ ।
सवैले भन्ने गरेका जनता जनार्दनहरू कुन अवस्थामा जिवनको गाडा ठेलिरहेका छन् , कसलाई के पत्तो ? हाम्रा राजनेताहरूलाई त कसले राष्ट्रपति पडकाउने ? कसले प्रधानमन्त्री उडाउने ? को सभामुख वन्ने ? यो भन्दा अरू कुनै चिन्ता भएको देखिदैन । देश त हो आखिर जसरी पनि चल्दो रहेछ ।महंगी जती वढेपनि , मुद्रास्फिती जती चुलिएपनि , आमनागरीक भोकै नांगै भए पनि ।