मलार्इ एक रूपैंया किन फिर्ता नगरेको.. उनी करिव करिव चिच्याइन । चानचुन नभएर हो ! नत्र नदिने त होइन नि .. उसले जवाफ फर्कायो । उनी पनि के कम भनिहालिन — तिमेरू दुर्इ रूपैंया छाड्न नसक्ने म किन एक रूपैंया छाडुं ? आ—आफ्नौ मनोमानीसंग भाडा बढाएका छौ तर पनि एक रूपैंया फिर्ता नगर्ने ? मैले तिमेरूले तोकेको भाडा दिए पछि मिलाएर फिर्ता गर्ने त तिमेरूको काम नि हैन ? ३ किलोमिटर बाटोमा १३ रूपैंया भाडा छ तैपनि एक फिर्ता नगर्ने ? आज विहान अफिस जांदै गर्दा बसमा खलासी र यात्रु बिच भएको वादविवाद ।
यस वादविवादले म पनि एक पटक सोच्न वाध्य भएं । काठमाण्डौका सावर्जनिक यातायातका साधनहरूमा हरेक दिन यस्ता व्यवहारहरू प्रशस्तै देख्न र सुन्न पाइन्छ । खाशमा एक रूपैंया केही होइन हुने खानेका लागि । हुनेखानेहरू त आ—आफ्नै कार मोटर चढ्छन् , त्यति पनि नहुनेहरू मोटरसाइकलमा खुरूरू । बस,टेम्पु चढ्नेहरू भनेका त यो देशका बबुरा सच्चा नागरिकहरू । मलार्इ लाग्छ हातलागी गर्न नपाउनेहरूका लागि एक रूपैंया ठूलै रकम हो किनभने त्यही एक एक जोगियो भने पनि केही दिनमा एक पटक भाडा तिर्न पुग्छ । मनमनै कुरा खेल्न थाल्यो— कस्तो लाचार सरकार ! कति निरीह सुरक्षा निकाय ! कस्तो उपभोक्ता मंच ! हुनत हो नि — सरकारमा बस्नेहरू,तिनका आसेपासे तथा राजनीतिक पार्टीहरूलार्इ चन्दा दिए पछि व्यापारीहरूले मनोमानी गर्न त पाउने नै भए नि हैन ? अनि कसले गर्ने मूल्य नियन्त्रण ? कसले लगाउने लगाम, बेलगामहरूलार्इ ? देशमा एउटा संस्था छ — उपभोक्ता मंच,नाम गरेको । त्यसको काम पनि समय समयमा दानवकस नपाएमा घुर्की लगाउने मात्र हो । नत्र ख्वै त सरकारमा वस्नेहरू, मनोमानी गर्नेहरूलार्इ तहलगाउन सकेको ?
मलार्इ लाग्छ — एक जनाले एक पटकमा कराउंदा कसैले नसुन्ने होला, यस्तै संधै भैरहने हो भने सवैजना एकै पटक चिच्याउन थाल्ने छन् अनि हिजो सम्म हाली मुहाली गर्नेहरूको दोहोलो काढ्ने दिन अवश्य नै आउने छ ! हरेक कालो वादलमा चंदीको घेरा हुन्छ .......................................।