Thursday, July 31, 2008

धर्म






धर्म
धर्म के हो ? हुन त मानिसहरु धारण गर्नुलाई धर्म भन्ने गर्छन् । तर ख्वै कस्तो हो धर्म भनेको ।
आज विहान टेलिभिजन हेर्दै थिए , टेलिभिजनमा भजन प्रस्तुत भई रहेको थियो । त्यसमा विभिन्न मन्दिरका दृश्यहरु देखाईएका थिए । मन्दिरमा मानिसहरु लाईन लागेर ठेलम ठेल गर्दै पुजा गर्न कस्सिएका थिए । तंछाड मछाड गर्दै थिए मानिसहरु ।एक अर्का भन्दा छिटो गरि पुजा गर्ने ध्याउन्नमा थिए तिनीहरु ।सायद पहिला पुजा गर्न पाएमा भगवान धेरै खुशी हुन्छन् ।आशिर्वादको पोको वढी नै फेला पार्न सकिन्छ कि जस्तो ।अनि पुजामा पनि अविर र अक्षताले मुर्तिमा लतार पतार । नक्कली , रंग विरंगका मिठाईहरु त मुर्तिको मुखमा क्वाप्पै । साच्ची नै भगवान स्वयम त्यहां छन् र ख्वाप्पै खाईदिने हुन् ।
यसरी पुजा गर्दा सांच्चै धर्म हुन्छ त ? विजेताको भावमा म पहिला भएं भनेर मन्दिर वाहिर निस्कंदा सांच्चै धर्म हुन्छ त ? अनि पुजामा अविर र अक्षताले मुर्तिमा लतार पतार गर्दा , नक्कली रंग विरंगका मिठाईहरु मुर्तिलाई खुवाउंदामा सांच्चै धर्म हुन्छ त ? के हामी नेपाली हिन्दुहरुले अन्य कुराहरु केही जानेका छैनौ त ? पण्डित वाजेले पोथी खोलेर सुनाएका स्वर्ग र नर्कका कथाहरु नै हुन् त हाम्रा धर्म ? ? ? ? ? ?