Monday, July 26, 2010

!!!!!!!!!!!!!!

बास्तवमा जिवन के हो ? जिवनका भोगाइ कसरी छिन्नभिन्न भएर अस्तव्यस्त हुंदै गैरहेका छन् ? मन कताकता उड्रछ , किन उदास हुन्छ ? आज किन चञ्चल भै रहेको छ ? खाशमा मैले कुनै कुरा जिवनको कुनै मोडमा छाडेको त छैन ? म संधै यसबाट खुशी , सन्तुष्ट हुन सकेको छु त ?
किन म आफूलाइ संधै अरूको अगाडी ठिक र सन्तुष्ट देखाउन प्रयाश गरी रहेको हुन्छु ? म सांच्चिकै बाहिर देखिए जस्तो भित्र पनि छु त ? अहं यो हुनै सक्दैन ।
मैले मेरो जिवनलाइ कहिले पनि आफ्नो ढंगले चलाउन सकिन, यसले आफू जसरी चलाएको छ त्यसैमा वग्न दिएको छु जस्तो लाग्छ । मैले जिवनमा सम्झौता कहिले पनि गर्न जानिन र कहिल्यै गरिन पनि । सम्झौता नगरिएको जिवन जिउन सांच्चिकै गाह्रो हुने रहेछ । आज जोवनको ४६ औं वसन्तमा टेके पछि यस्तो संझना भै रहेको छ । यस विन्दुबाट फर्केर हेर्दा केही छुटे जस्तो .... केही पाए जस्तो लाग्छ । म दोधारमा छु ! साच्ची कै केही पाएं कि केही गुमाएं कि................................................................. ?

No comments: