आत्मियता कस्तो हुनु पर्छ ?
के चाकडी गर्नु, कसैको वरिपरी धुप बत्ती लिएर घुमीरहनु नै आत्मियता हो त ?
कि खानु खुवाउनु नै आत्मियता हो ?
मुटु भित्रको मुटुमा कसैलार्इ सांचेर राखेको कसरी बाहिर देखाउन सकिन्छ र ?
मन भित्र जती नै भावना भए तापनि छाती खोलेर हनुमानले रामको अगाडी देखाएजस्तो गर्न सकिंदैन क्यारे ।
मलार्इ आजभोली सान सौगत देखाउन सक्नु नै आफ्नोपन देखाउनु हो भन्ने लाग्न थालेको छ ।
हुनत हामी यस्ता द्रव्य मुखी भै सकेका छौं कि सन्सार नै यसमै अडेको देख्न थाली सकेका छौं ।
आफ्नु स्तर (जुन रूपैंया पैसामा देखिन्छ) संगको व्यक्ति मात्र आफ्नो हुन सक्ने देखिन्छ ।
मलार्इ त उसले घरमा बोलाएर खुवायो, आज उ संग फलानो रेष्टुरामा गर्इयो— त्यो कत्ती मजाको मानिस रहेछ ? हामी हरेक दिन भन्न थालेका छौं — किनकी उ मेरो आत्मिय हो ।
आफु भन्दा तलका, पहुंच नभएका व्यक्तिहरू संग सम्वन्ध बढाएर के गर्ने ? अड्को—पड्कोमा काम लाग्दैन क्यारे ? त्यस्ता संग किन आत्मिय हुनु प-यो? जो आफ्नो उन्नतीमा, प्रगतिमा , द्रव्य जोड्ने कार्यमा सहयोगी हुनै सक्दैन क्यारे ।
लाभको लागि आवश्यकताको सम्वन्ध कायम गर्न सक्नु नै यस युगको पहिचान हो , आत्मियता कायम गर्न सक्नु हो ।
No comments:
Post a Comment