Saturday, August 21, 2010

ति सुनैाला २६ बर्ष

जागिर शुरू गरेको हिजै हो जस्तो लाग्छ, तर छव्विस वर्ष वितिसकेको छ । यो मोडमा आर्इपुगे पछि पछाडी फर्केर हेर्दा कसरी यत्रा बर्षहरू विते होलान जस्तो लागेको छ ।
अठार बर्षको लक्का जवान ! शरिरमा पनि उस्तै स्फूर्ती ! परिआए दुर्इ चार जनाले त चिताउनै नपर्ने । कसैको अगाडी घुंडा टेक्नु परे त कालै आए जस्तो । हेर्दा हेर्दै के पो हुंदै गैरहेको छ, अहिले ।
खरदार सरहको लेखपाल पदमा जागिर शुरू गरेको कृषि विकास बैंकमा, आफु भन्दा माथिका अधिकृतहरूलार्इ अभिवादन गर्न सम्म पनि नजानेको बेला । वास्तवमा नजानेको नै हो कि गर्न मन नलागेको हो त्यस विषयमा म पछि सम्म पनि व्दिविधामा नै रहें ।
जागिर शुरू गरेको २—३ दिन भएको थियो , एक जना शाखा अधिकृतले — हाजिर गर्न विभागीय प्रमुखको कोठामा जांदा किन उनलार्इ अभिवादन नगरेको ? भनेपछि मात्र म झसंग भए र त्यस पछि हरेक दिन सवैलार्इ अभिवादन गर्न शुरू गरेको हुं । अझ, विश्वहरी जोशी संगै काम गर्ने मौका पाए पछि त अभिवादन कती महत्वपूर्ण हुने रहेछ भन्ने अनुभव भयो,त्यती खेर जागिरको करिव एघार बर्ष वितिसकेको थियो ।
मेरो केही आफ्नै हठी — अझ अरूको भाषा सापट लिने हो भने दम्भी ! वानीले गर्दा कति नोक्सान व्यहोर्न परेको रहेछ भन्ने यस समयमा आएर अनुभव भएको छ । तर अव कुनै पनि वितेका क्षणहरूलार्इ वर्तमानमा ल्याउन सक्ने अवस्था छैन । वर्तमानमा ल्यउनै सक्ने भए तापनि नानी देखि लागेको बानीलार्इ त मैले सुधार गर्न सक्छु जस्तो लाग्दैन ।
आफुभन्दा माथीका अधिकारीहरूको चाहना यसले भनेको पनि मानोस् र बढी जान्ने पनि नहोस भन्ने हुने रहेछ । किन हो — उनिहरू तल्ला तहका कर्मचारीहरू आफु भन्दा बढी जान्ने सुन्ने भएका हेर्न चाहंदा रहेनछन् । कुनै पनि कार्य गर्दा आफुलार्इ उनिहरू भन्दा अलिकती तल नै राख्नु पर्ने रहेछ । बढी जान्नेसुन्ने हुंदा माथीका अधिकारीहरूले संधै बक्रदृष्टी राख्ने रहेछन् र तिनीहरूले जहिले पनि न नजिक न टाढाको सम्वन्ध राख्ने रहेछन् । त्यसले गर्दा काम पर्दा नानी बाबु प्रयोग गर्ने , सेवा सुविधा दिनु पर्ने बेलामा भने अर्कै । शायद यसै कारणले गर्दा होला योग्यता पुगेर, कार्यकुशलता र क्षमता हुंदाहुंदै पनि अधिकृतको तहमा पदोन्नती हुनको लागि अठार बर्ष लागेको ? नत्र मेरो अन्य कुनै कसुर थिएन ।
कार्यालयको काम गर्दा कार्यालयको र कार्यालय प्रमुखको भलो चिताउंदा मैले प्रमुखबाटै निकै नै खप्की खानु परेको उदाहरण अझै मेरो मनमा खिल वनेर बसेको छ । उनलार्इ त यस वारेमा संझना छ कि छैन तर म अहिले सम्म पनि यसबाट पिडीत महसुस गरिरहेको छु ।
अर्को कुरा — कामको सिलसिलामा आफुले कुनै पनि सानो कार्य गरेको छ भने तुरून्त त्यसलार्इ सके सम्म बढाइ चढार्इ प्रस्तुत गर्नु पर्ने रहेछ — त्यो पनि मबाट कहिल्यै हुन सकेन । मेरो धारणा मैले गरेको कामको त आफ से आफ मुल्यांकन भै हाल्छ नि, किनकि यो त मैले बाहेक अरूले गरेको होइन भन्ने लाग्दथ्यो तर होइन रहेछ ।
चाकडी— उनिहरूको भाषामा भेटघाट, भलाकुसारी ! त्यो पनि मैले कहिल्यै गर्न जानिन । मलार्इ विनाकाम प्रवन्धकको कोठामा गएर गफ गरेर वस्न कहिल्यै आएन । जहिले पनि कार्यालयको कसरी उन्नती गर्न सकिन्छ ? हरहिसाव कसरी फरफारक गर्न सकिन्छ भन्नेमै समय वितेको पत्तै हुंदैनथ्यो । विना विदा घरको काममा त कहिल्यै हिडेको छैन, त्यसैले जागिरको छव्विस बर्ष पछिको संचित विदा पनि हेर्न लायकको वांकी रहेको छ ।
एउटा घटना उल्लेख गर्न लायकको छ — एक पटक म आफ्नो कामको सिलसिलामा विदा बसेको थिएं । सोही दिन मेरो विभागिय प्रमुख संग सम्वन्धित एउटा डकुमेन्ट प्रचार प्रसारमा आएछ,जसले उनको केही मानमर्दन भएको रहेछ । हुन त उनले वास्तवमै भ्रष्टाचार गरेकै भने हुन । यसमा विभाग कै एकजना सरले शायद,आफु सांचिलो हुनलार्इ होला — मेरो नाम पोलेका रहेछन् , नत्र उनिसंग मेरो लिनुदिनु पर्ने त केही थिएन । त्यसले गर्दा मेरो जिवनमा ठूलो भुइंचालो नै आयो । त्यतीखेरका जल्दाबल्दा हाकिम, उनले पनि मलार्इ यसवारेमा सोधखोज गर्ने आवश्यकता पनि ठानेनन् र गलहत्यार्इ दिए विभागबाट । विभागमा राम्रो काम गर्नेमा दरिएको भए पनि उनको व्यक्तिगत कारणले गर्दा मैले चन्द्राकार खानु प-यो । यसमा मेरो एउटा दोष पनि छ — त्यो के भने , म कहिले पनि उनको चेम्वरमा दर्शन गर्न गर्इन र उनले गरेका बकम्फुस कुरालार्इ हो हजुर भन्ने गरेको थिइन ।
मैले भने नि यसबाट मेरो जिवनमा ठूलो भुइंचालो नै आयो । म रक्सी भनेको देख्न समेत नचाहने मानिसलार्इ त्यसको लत लाग्यो र जिवनमा मैले स्नातकोत्तर कहिल्यै गर्न सकिन । हुनत यसमा उक्त घटनालार्इ मात्र दोष देखाएर म स्वतन्त्र हुन सक्दिन तथापि यो घटना बढी नै जिम्मेवार छ , भन्ने लाग्दछ ।
धन्य ! भगवान भन्ने कुरा साथमा रहेछन् कि कसो लात्ताले हानेको कुकुर टांडमा भने जस्तो मैले केही समय पछि नै विश्वहरी जोशी जस्तो हाकिम फेला पारें— जसले मेरो जिवनमा फेरि ठूलै परिवर्तन ल्याइदिए र इज्जत पूर्वक अहिलेको जिवन जिवन जिउन पाएको छु । पदोन्नती भने जस्तो नभएतापनि कार्यालको पैसामा देश विदेश घुम्न नपाए तापनि गर्वका साथ आफुलार्इ प्रस्तुत गरेर यसै कार्यालयमा काम गरिरहेको छु । हेरौं अबका तिन वर्षका जागिर कसरी वित्दो रहेछ ? शायद, यसै गरी नै होला............................................................

2 comments:

Anonymous said...

Really,The 26 year in service.

Anonymous said...

Bamali sir

hun ta man ka kura lekhada kehi haluka hunchha nai.tapaile aaphno matra hoina ausat nepali ko pida ra bhogai utarnu bhayeko chha. hunata yo tapia ko matra katha ho. tar nepali ra nepal ko niyati bhanne ki parmapara bhanne yehi nai ho... tyhi paida ra bhogai le nai ta hami paye samma ye bat bagnna chahnchu, hamrai off ma hernus na ti thula bhanauda haru kaska santan yeha chan ? kin sochnu bhayeko chha uniharle samteko daurako pher aba chaina ...
sir hamro adrsai ganesh bhakti bhaye pachi ...,
aja kal ma ti hijo hakim palteka haruko retired life herchhu sir kukurle phrker naherko deke pachi .....,

sir yehi ho bhogai jaha manche tyha samsya ani sastha hoina byakti kedrit karya sabai tyasti ho sir upaye chaina...., asti kura chaleko thiyo maile bhane bykti lai prathamilta dine ki sastha lai.... sindanta sastha ho tar sastha kehi gardo rahenchha tysai le sabaile byakti lai prathmikta dida rahechana baykti pachi pani kam lagne... yestai ho sir maile ta jagir ko 20 barsa pugna lage pachi balla thaha bayo jagir ta kahna nai janiyenachha sir
maile ta swikar garye... fit bhiyena........................